![](https://www.sarangkotnews.com/wp-content/uploads/2018/05/student-1.jpg)
राजाराम पौडेल
केही विद्यालयमा नाट्य अभिनय गरेका, केहि नाटकको बारेमा पढेका, कोही नाटकको बारेमा सुनेका तर अधिकांश नाटकघरमा पुगेर नाटक हेर्ने अवसर नजुरेका । यि सबै विद्यार्थी नाटकघरमा पुगेर नाटक हेर्न पाउदाँ खुशी देखिन्थे । आफ्नै आँखा अगाडी प्रत्यक्ष रुपमा कलाकारले गरेको अभिनय हेर्न पाउँदा उनीहरु उत्साहित बने । कलाकारलाई प्रत्यक्ष भेट्न र उनीहरुसित फोटो खिचाउन पाउँदाको अनुभव झनै बेग्लै थियो ।
पोखराको ग्रैहपाटनमा सञ्चालनमा आएको पोखरा थिएटरको गन्र्धव नाटकघरमा नाटक ‘वितेका कुरा’ हेर्न आफ्ना साथी सहित समुहमा पुगे । रुपनारायण सिँहले लेखेको नाटकले उनीहरुको ध्यान खिच्यो । पोखरा थिएटरका अध्यक्ष परिवर्तन कार्कीले निर्देशनमा डेब्यु गरेको नाटकले एक घण्टासम्म उनीहरुको ध्यान खिचिरह्यो । विशेषगरी पोखरेली नाट्य क्षेत्रतर्फ नयाँ पुस्ताको आर्कषण बढाउने अभियानमा थिएटर लागेको छ । यसैगरी विद्यालयमा नाटकको बारेमा विद्यार्थी जानकारी दिने, अभिनय गर्न लगाउने गरेका विद्यालयलाई आफ्ना विद्यार्थीमा व्यवहारिक ज्ञान बढाउने माध्यम नाटकघर बन्न थालेको छ ।
पुराना रंगकर्मी प्रकट पंगेनी शिव देखि दिलप्रसाद गुरुङ, धुर्व पौडेल, बबिता मल्ल ठकुरी, प्रसुना भण्डारी, सम्झना सिर्पाली, शरद भण्डारी, सुर्य सुवेदी, रोशन ज्ञवाली, सौरभ तिम्सिना, सिम्रन पौडेलको अभिनयले नाटकलार्य परिपक्क बनाएको थियो ।
सोमबार बाहेक हरेक दिन साँझ ५ बजे नाटक मञ्चन भइरहेको छ । शनिबार दिउँसो १ बजे अतिरिक्त सो मार्फत दर्शकले नाटक हेर्न पाउनेछन् नाटक जेठ १९ गतेसम्म मञ्चन हुनेछ । बुकिङ सो को रुपमा समेत नाटकको थप मञ्चन भइरहेको छ । विभिन्न विद्यालयले बुकिङ सो मार्फत विद्यार्थी ल्याउन चासो देखाएकोले आफुहरु थप उत्साहित बनेको थिएटर अध्यक्ष परिवर्तन कार्कीले बताए । प्रगती बोडिङ स्कुल, राइजिङ स्टार, हिल पोइन्ट, शान्ति दिप लगायतका स्कुलले आफ्ना विद्यार्थीलाई थिएटरमा पुगेर नाटक हेर्नु मज्जा चखाइसकेका छन् । अब विस्तारै अन्य विद्यालय समेत विद्यार्थी लिएर आउने उनले जनाए ।
नियमित सो मा नाटक हेर्न सर्वसाधरणका लागि तीन सय तथा पाँच सय रुपैयाँको टिकट काट्नुपर्ने हुन्छ । विद्यार्थीको हकमा भने एक सय रुपैयाँको टिकट लाग्नेछ । बुकिङ सो को लागि थिएटरले छुट्टै प्याकेज प्रदान गर्नेछ ।
यसअघि पोखरा थिएटरको पहिलो प्रस्तुतीमा नाटक सिरुमारानी मञ्चन भएको थियो । पछिल्लो समयमा नाटकघरमा नाटक हेर्न पुग्ने नयाँ पुस्ताको संख्या बढ्न थालेकोले पोखरेली नाट्य क्षेत्रको भविष्य उज्वल देखिन थालेको पोखरा थिएटरका सञ्चालक दिल प्रसाद गुरुङले बताए ।
प्रतिक्रिया दिनुहोस्