यातायात कार्यालय भित्र बनाइएका सो–रुमका अड्डा बन्द

सराङकोट न्यूज
29 May, 2018 2:08 pm

यातायात कार्यालय भित्र गाडी विक्रेता हरुले वनाएको कोठा त्यहाँका कार्यालय प्रमुखले वन्द गराइदिएका छन् । विगत दुई वर्ष अघि देखि यातायात व्यवस्था कार्यालय सवारी गण्डकीको कार्यालय परिसर भित्रै यातायात कार्यालयको सवारी शाखा सँगै जोडेर सो रुमका संचालकहरुले कोठा वनाएर आफ्नो व्यापार चलाउदै आएका थिए ।
तिलक पौडेल कार्यालय प्रमुख हुँदा गाडी व्यापारीहरुलाई कार्यालय परिसर भित्र कोठा वनाउन अनुमती दिएका थिए । मोटर साइकल विक्रेता कम्पनी तथा सोरुमका संचालकहरुल्े करिव ४ लाख रुपैया खर्च गरेर मोटरसाइकल शाखा संगै जोडेर कोठा वनाएका छन्। यातायात कार्यालयका कर्मचारी संग कोठा टु कोठा सम्पर्क हुने गरि यातायात कार्यालयको भित्तो फोरेर झ्याल निकालिएको थियो त्यहि झ्याल वाट गाडी विक्रेता कम्पनी (सोरुम) का कर्मचारी र यातायातका कर्मचारीहरुले दर्ता , नामसारी को काम गर्दै आएका थिए । यस्तै कार्यालयको उत्तर तर्फ चार पांग्रे तथा ठूला सवारी शाखा संगै जोडेर अर्को कोठरी वनाइएको छ । गाडी विक्रेता धनीहरुले ३ लाख ६० हजार खर्च गरेर वनाइउको कोठरी वाट शाखा सँग जोड्न भित्तो फोरिएको थियो।
सरकारी कार्यालय भित्रै निजि व्यापाकिर कम्पनीहरुले अड्डा संचालन गर्दै आइरहेको वारे सराङकोट साप्ताहिकले खवर प्रकाशन गरेपछि यातायात व्यवस्था कार्यालय र स्थानिय प्रसाशनको ध्यानाकर्षण भएको जनाउँदै यातायात कार्यालय भित्रको सो रुम (कम्पनी) को अड्डा बन्द गराइएको छ ।
राज्यलाई वढी कर तिर्ने दावी गर्दै राज्यले आफूहरुलाई कार्यालय भित्रै कोठा उपलवध गराउनु माग गर्दै अटो मोवाईल विक्रेता कम्पनीहरुले दवाव र प्रभावमा पारेर आफ्नो व्याापार संचालन गर्न कार्यालय भित्रै अड्डा स्थापना गरेका थिए । यस अघि भरत पौडेल कार्यालय प्रमुख हुँदा सवारी शाखाको भित्री ढोकामै राखिएका टेवुल कुर्सी हटाएर वाहिर निकालेका थिए त्यसको लगत्तै पछि आएका तिलक पौडेल ले कोठै वनाउन दिएका थिए ।
सवैभन्दा वढी कर तिर्ने विरगंजको यातायात व्यवस्था कार्यालय र लुम्विनीको यातायात व्यवस्था कार्यालय वुटवलमा पनि गाडी कम्पनीका अड्डा संचालन गर्न अनुमती छैन । त्यहाँ अरु सेवाग्राही सरह सोरुमका कर्मचारीहरुले सेवा लिने गरेको वुटवल र वीरगंज यातायात व्यवस्था कार्यालयका अधिकारीहरुले वताए ।
पोखरामा अनाधिकृत ढंगवाट निर्मित सो रुमका कोठाहरु पुन खुलाउन व्यापारीहरु लागि परेको वुझिन आएको छ । अटो मोवाइल्स व्यापारहिरुल्े स्थानिय सरकार, प्रदेश सरकार सम्म पुगेर यातायात कार्यालय भित्र निजि अड्डा संचालन गर्न आग्रह गरिरहेको हुन तर पनि अनाधिकृत कार्य अव हुन नदिने यातायात व्यवस्था कार्यालय सवारी गण्डकीका कार्यालय प्रमुख अच्यूत रेग्मीले वताए । उनले भने सवै सेवाग्राही समान हुन कसैलाई भित्रै अड्डा संचालन गर्न दिने कसैलाई वाहिर निकालने कार्य हुन नदिने प्रमुख रेग्मीले वताए ।

लेखापढीलाई प्रवेश निषेध
सोरुमका कर्मचारीलाई खुंदो

स्थानिय प्रसाशन र अख्तियारको निर्देशनमा यातायातमा लेखापढी गर्नेलाई प्रवेश निषेध गरिएको छ । लेखापण्ी गर्ने हरुलाई चिट लिन र वैंक भौचर समेत काट्न रोक लगाएपछि सेवाग्राहीको काम गर्न सो रुमका कर्मचारीले अवसर पाएका छन् । यस अघि लेखापढी व्यवसायीहरुले गर्दै आएको पुराना सवारीको सरुवा, सहमती, नामसारी जस्ता कामहरु कम्पनीका कर्मचारीहरुले गर्दै आएको खुल्न आएको छ । शाखाका कर्मचारीहरुले कर राजस्वको चिट दिए पछि सोरुमका कर्मचारीहरुलाई सेवाग्राहीको काम गर्ने वातावरण मिलेको छ । सो–रुमका कर्मचारीहरु लेखापढीको काम आफैले गर्न थालेपछि उनिहरुलाई दोहोरो लाभ भएको छ । यता लेखापढी व्यवसायीहरु आफूहरु सरकारी कर्मचारी र सोरुमका कर्मचारीको कोप भाजनमा परेकोले आफ्नो पेशा संकटमा पर्दै गएको गुनासो गरेका छन् ।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: