एसपी रानाको आक्रमक निति

सराङकोट न्यूज
17 May, 2018 1:02 pm
Advertisements

ट्याक्सीको ठगि पहिलो निशाना

कास्की प्रहरी कमाण्ड सम्हाल्न आएका एस.पि. ओम वहादुर रानाले आफ्नो कार्ययोजनाको खाका सार्वजनिक गरेका छन् । नौ महिने कार्यकालमा वाही वाही कमाएका एस.पी अशोक सिंह सँग म्यूचुअल सरुवा भएका रानाले गुण्डागर्दी नियन्त्रणका लागि आक्रामक कारवाही योजना अघि सारेका छन् । लागू औषध नियन्त्रण, वेश्यावृत्ति (यौन व्यवसाय) नियन्त्रण, जुवातास, चोरी नियन्त्रण, कालावजारी ठगि अपराध नियन्त्रणका लागि छुट्टाछुट्टै पिल्लर खडा गरेर अपरेशनलाई तिव्रता दिने गरि योजना वनाइरहेको उनले वताए ।
कास्की प्रमुखमा सरुवा हुने वित्तिकै

विभिन्न प्रकारका आरोप लागेका एस.पि. रानाले आफू माथि अन्याय पूर्ण ढंगले मिडिय िपछि लागेको वताए । उनले भ्रामक समाचार प्रकाशन प्रसारण गर्ने उपर सम्बन्धित निकायमा उजुरी गर्ने खुलाए । उनले भने–“मेरो काम र उपलब्धि हेरेर मात्र प्रतिकृया दिनुहोस् ।” प्रहरी भ्यानमा एअरपोर्टवाट सिधै गणमा पुगेको मान्छेलाई गुण्डाको स्कटिङ गरेर लेकसाइडको होटलमा गएको भन्नु सत प्रतिशत कल्पित र झुठ्ठा हो एस.पि. रानाले भने ।
एस.पि. रानाले सिण्डिकेट विरुद्ध खरो ढंगले

प्रस्तुत हुने छनक देखाएका छन् । आईतवार मात्र मिटरमा नचल्ने ३५ वटा ट्याक्सीलाई पक्रेर जि.प्र.का. मा राखेको छ । चालकलाई भने छोडिएको छ । रेकर्ड राखेर जरिवाना तिराएर मात्र चेतावनी सहित छोड्ने एस.पि. रानाले वताए । सवै यातायात क्षेत्रको ठगि र सिण्डिकेट अन्त्य गर्ने एस.पि. रानाले वताए ।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: