मिथिलाञ्चलको दहेज प्रथामा बन्यो सिनेमा ‘भोर’ बैशाख २१ गते बाट सार्बजनिक ।

सराङकोट न्यूज
22 April, 2018 2:53 pm
Advertisements
Advertisements

मिथिलाञ्चलमा ब्याप्त दहेज प्रथाको सत्यकथामा आधारीत सिनेमा ‘भोर’ को छायाँकन सकिएको छ । गत बर्षको छठका दिन देखी सुरु भएको छायाँकन यस बर्षको छठ पर्वकै दिन सकिएको हो । सुपरहिट सिनेमा ‘झोला’ का निर्देशक यादव कुमार भट्टराईले निर्देशन गरेको यो सिनेमा पनि झोलाकै कथाकार कृष्ण धारावासीले लेखेका हुन । भने पटकथा तथा संवाद निर्देशक भट्टराई स्वयंले लेखेका हुन् ।

सिनेमामा ५० प्रतिशत मैथिली भाष र ५० प्रतिशत नेपाली भाषा प्रयोग गरिएको निर्देशक भट्टराईले जानकारी दिए । अग्रेजीमा फस्ट लाइट सब टाइटल दिइएको ‘भोर’ माघ महिना सम्ममा तयार गरिने उनले जानकारी दिए । प्रदर्शनको मिति तय नगरिएको सिनेमाको लागत १ करोड सम्म पुग्ने अनुमान गरिएको छ ।

सिनेमा भित्र गीत संगीत नभए पनि एउटा मैथिली भाषाको गीत प्रमोशनका लागि तयार गर्ने सोंच बनाएको निर्देशक भट्टराईले जानकारी दिए । राज तिमिल्सेना र रामगोपाल थापाले मिलेर बनाएको सिनेमाका कार्यकारी निर्माता देबेन्द्र प्रसाद सुवेदी हुन ।

मिडिया फर कल्चरको ब्यानरमा निर्माण भएको सिनेमामा रामनारायण ठाकुर, डली सरकार, बिएन पटेल, अनिता देवि रानी , पूजा कर्ण ,संगीता बेउ, रेखा झाँ , बटुक मिश्र, लगायतका कलाकारको अभिनय समेटिएको छ । सिनेमालाई दिपक बज्राचार्यको छायाँकन गरेका हुन ।

www.gufgaf.com बाट साभार गरिएको

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: