दक्षिणी जापानमा ज्वालामुखी विष्फोट

सराङकोट न्यूज
20 April, 2018 3:35 am

जापानको दक्षिणीे हिमालयन क्षेत्रमा बिहीबार ज्वालामुखी विस्फोट भएको छ ।

ज्वालामूखी विस्फोटका कारण सयौँ मिटरमाथि आकासमा आगोका लप्का पुगेका बताइएको छ । माउन्ट आइओ नाम दिइएको ज्वालामूखीका कारण हुनसक्ने सम्भावित दुर्घटनालाई मध्यनजर राख्दै प्रशासनले हिमाली क्षेत्रनजिक नवस्न सम्वद्ध सवैलाई सूचना गरेको छ ।

जापान मौसम विज्ञानसम्बन्धि निकाय जेएमएका माकोतो साइतोका अनुसार अझ केही समयसम्म माउन्ट आइओ थप सक्रिय हुनसक्ने सम्भावना रहेको छ ।

साइतोले टेलिभिजनमार्पmत गरेको प्रेस सम्मेलनमा हिमाली क्षेत्रका वासिन्दालाई माउन्ट किरिसिमा क्षेत्रबाट टाढा रहेर आफ्नो सुरक्षाका लागि सावधानी अपनाउन आग्रह गर्नुभएको छ ।

माउन्ट किरिसिमा क्षेत्रमा सन् १७६८ पछि ज्वालामूखी विस्फोट भएको यो पहिलो घटना भएको जेएमएले बताएको छ ।

उक्त निकायले ज्वालामुखी बिस्फोट भएको हिमालको तीन किलोमिटर टाढासम्म विस्फोटका कारण उछिट्टिने सम्भावना रहने भन्दै नागरिकलाई टाढै बस्न निर्देशन दिएको छ । ज्वालामूखीका कारण ४०० मिटर माथिसम्म ज्वालाको मुस्लो तथा खरानी पुगेको स्थानीय समाचारमाध्यमले जनाएको छ ।

स्रोत: रासस

Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: