“कोरिया प्रायद्वीपमा नाटकीय परिवर्तन”

सराङकोट न्यूज
20 April, 2018 3:33 am

दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनले कोरिया प्रायद्वीपमा नाटकीय परिवर्तन भएको बताउनुभएको छ ।

उहाँले उत्तर कोरिया र दक्षिण कोरियाकाबीचमा अहिले भइरहेको सुधार कल्पना गरे भन्दा बढी भएको दावी पनि गर्नुभयो ।

दुई देशको शिखर सम्मेलनपछिको परिणामले नाटकीय सुधारलाई पुष्टी गर्ने उहाँले बताउनुभएको दक्षिण कोरियाको राष्ट्रपतिको कार्यालय ब्लु हाउसले जनाएको छ ।

संयुक्त शिखर सम्मेलनमार्फत सबैखाले द्वन्द्वको अन्त्य गरी दिर्घकालिन शान्तिको मार्गका दुई मुलुक अगाडि बढ्ने मुनको विश्वास छ ।

दक्षिण कोरियाका राष्ट्रपति मुन र उत्तर कोरियाका नेता किम जोङ उन सहितको दुई देशको शिखर सम्मेलन यही अप्रिल २७ तारिखमा हुन लागेको छ ।

उहाँहरुबीचको पहिलो भेटबार्ता दुवै कोरियाको सिमानामा रहेको पान्मुन्जोममा गर्ने यसअघि नै तय भइसकेको छ र त्यहीअनुसार तयारी तिव्र पारिएको छ ।

स्रोत: रासस

Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: