२१ चैत, काठमाडौं । यामाहाको आधिकारिक विक्रेता रिसिक अटोमोबाइल्स प्रालिले नयाँ वर्ष २०७५ को अवसरमा ललितपुरको जावलाखेलमा यामाहा मिनी मेला आयोजना गरेको छ । मेलाको उद्घाटन मिस इन्टरनेशनल २०१७ तथा फेस अफ फेसिनो निती शाहले बुधबार गरेकी हुन् ।
चैत्र २१ गतेदेखि चारदिनसम्म चल्ने मिनी मेलामा यामाहाका सबै मोडेलका मोटरसाइकल तथा स्कुटरहरु खरिदका लागि उपलब्ध हुनुका साथै ‘एट दी स्पट’ फाइनान्सको व्यवस्था रहेको छ । मेलामा कुनै पनि ब्रान्डको मोटरसाइकल र स्कुटरको एक्सचेन्जमा न्युनतम २५ हजार रुपैयाँ न्युनतम मूल्यांकन पाउनुहुनेछ ।
यामाहा मोटरसाइकल वा स्कुटरको खरिदमा ग्राहकले निःशुल्क हेल्मेट, ब्याग, बाइक कभर, रेनकोट र लेगगार्ड वा फुट म्याट पाउने रिसिक अटोमोबाइल्सका प्रबन्ध निर्देशक मिलनबाबु मल्लले बताए । ‘हरेक ग्राहकले यामाहाको नयाँ वर्ष स्किम त सबैले पाउनु नै हुनेछ । हामीले उहाँहरुका लागि थप उपहारको व्यवस्था गरेका छौं,’ उनले भने ।
यामाहा मोटरसाइकल वा स्कुटरको टेस्ट राइड गर्नेले आकर्षक उपहार पाउने पनि उनले जानकारी गराए । मिनी मेलामा ‘फुड कोर्ट’को व्यवस्था समेत गरिएको छ जसमा ग्राहकले स्वादिष्ट खानाको अनुभव लिन सक्नेछन् ।
यामाहाले चैतको पहिलो साता आफ्ना ग्राहकका लागि नयाँ वर्षको स्किम ल्याएको थियो । ‘आमन्त्रण’ नाम दिइएको यो योजनामा यामाहा ब्रान्डका मोटरसाइकल र स्कुटर खरिद गर्ने ग्राहकले एउटा स्क्र्याच बुक पाउनुहुनेछ जसमा उनले पाँच हजार रुपैयाँदेखि ५० हजार रुपैयाँसम्म ‘स्योर सट डिस्काउन्ट’ र १०० प्रतिशतसम्म ‘क्यास ब्याक’ पाउनुहुनेछ ।