
१५ चैत, पाल्पा । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका– ३ झुम्सामा टिपर दुर्घटना हुँदा एकजनाको मृत्यु र चारजना घाइते भएका छन् ।
बुटवलबाट पाल्पा आउँदै गरेको ना १ ख ९००५ नं को टिपर अनियन्त्रित भई दुर्घटना हुँदा रिब्दिकोट गाउँपालिका– २ देउराली बस्ने वर्ष १७ का देवेन्द्र लम्तरीको उपचारका क्रममा लुम्बिनी अञ्चल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
टिपरमा रहेका अन्य चार घाइतेको उपचार भइरहेको छ । सडकबाट करिब ३५ मिटर तल खसेको सो टिपरमा पाँचजना यात्रु सवार थिए ।
प्रतिक्रिया दिनुहोस्